श्रावण ४, २०८२ आइतबार July 20, 2025

राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग छ : अध्यक्ष प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको जिकिर गर्नुभएको छ ।

प्रेस सेन्टर नेपालले आज आइतवार ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो जसलाई हिसाबकिताब नगरि अन्तर्राष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन ।’

माओवादीलाई निमिट्यान्न पार्न धेरै शक्ति लागेको बताउँदै उहाँले यसको रक्षा गर्ने दायित्व हामी सबैको भएको जनाउनुभयो । ‘सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ’, उहाँले भन्नुभयो, ‘६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ । हामी जहाँ उभिएका छौँ सरकार त्यही बन्छ ।’ यो चुनाव अपेक्षित नभएको बताउँदै उहाँले खतम भएको देख्न चाहने शक्तिले माओवादीलाई कमजोर बनाउन खोजे पनि स्थिति त्यस्तो नभएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय गतिविधिको राम्रोसँग विश्लेषण गरि बहुध्रुवमा गएको विश्व परिघटना र अहिलेको जनमतलाई सही ढङ्गले बुझ्न र देशलाई नयाँ शिराबाट लैजान प्रेस सेन्टरले महतपूर्ण भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका उपलब्धिहरूको रक्षा र संस्थागतका लागि सूचना तथा सञ्चारमाध्यमबाट मिडिया विषयवस्तु बनाएर त्यसको सही बजारीकरण गर्नसमेत आग्रह गर्नुभयो ।

प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले प्रविधिको जति विकास भए पनि सही सामग्री उत्पादन प्रधान कुरा रहेको बताउनुभयो ।

बैठकमा प्रेस सेन्टरका प्रवास अध्यक्ष ओम शर्मा, केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटा, सबै प्रदेश तथा प्रतिष्ठानका इन्चार्ज तथा अध्यक्ष र केन्द्रीय समितिका पदाधिकारीबीच समीक्षात्मक अन्तरक्रिया तथा छलफल भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार