श्रावण ४, २०८२ आइतबार July 20, 2025

जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसके कृषिमा असर पर्ने : अध्यक्ष नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विश्वमा बढ्दै गइरहेको जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसकेमा कृषि उत्पादनमा नकारात्मक असर पर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठकको शुभारम्भ गर्ने क्रममा उहाँले जलवायु परिवर्तनले हिमाल पग्लिने, बाढी पहिरो, विपतको जोखिम, उत्पादकत्वमा कमिलगायत समस्या देखा पर्न थालेकामा चिन्ता व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले विश्व अर्थतन्त्रलाई मजबुत बनाउन कृषि क्षेत्रमा उत्पादनको महत्त्व हुने उल्लेख गर्दै विश्वमा शक्ति सम्पन्न राष्ट्रका बीच देखा परेको तनाव तथा ठूला भनिएका मुलुकमा भइरहेका युद्धले विश्वमा गरिबी बढ्ने, जनताको खाद्य सम्प्रभुता अधिकार लागू हुन नसक्ने विचार व्यक्त गर्नुभयो ।

युद्धका कारण विश्वको कृषि उपजको उत्पादन तथा उत्पादकत्वलगायत समग्र क्षेत्रमा प्रतिकुल असर देखा पर्ने भन्दै उहाँले नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा रहेकाले मानवीयताविरुद्ध विश्व परिवेशमा भएका सबै खाले युद्ध रोक्न आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले किसान वर्गको जीवनस्तरमा सुधार ल्याउने र उनीहरुलाई आर्थिक रूपान्तरण गर्ने, जनताका खाद्य सम्प्रभुता अधिकार सुनिश्चित गर्ने विषयमा बैठकमा छलफल केन्द्रित गर्न सहभागी राष्ट्रका प्रतिनिधिलाई सुझाव दिनुभयो ।

अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले विश्वव्यापी रुपमा कृषि क्षेत्रको उत्पादनमा आएको समस्या तथा तिनका समाधानका सामूहिक उपायबारे बैठकमा छलफल गरिने बताउनुभयो । ललितपुरको गोदावरीमा आजदेखि आगामी पुस २ गतेसम्म हुने बैठकमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्कालगायत ८० राष्ट्रका किसान सङ्गठनका नेतृत्व तथा प्रतिनिधिको सहभागी छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार