काठमाण्डौंः कांग्रेस महामन्त्री गगन थापाले अध्यादेश फिर्ता हुनुपर्ने बताएका छन् । उनले रेशम चौधरीबारे यसअघि आफूले राखेको अडानमा अहिले पनि कायम रहेको भन्दै पार्टीभित्र कुनै छलफल नै नगरी अध्यादेश ल्याउने निर्णय गरेकोमा आपत्ति समेत जनाएका छन् ।
उनले भनेका छन्, ‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यहि छ । यो अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ। यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ। सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।’
यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सो अध्यादेश ल्याउने निर्णयप्रति विरोध जनाएका थिए । आफ्नै पार्टीभित्र अध्यादेशको विरोधमा आवाज उठ्न थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा परेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया