श्रावण ४, २०८२ आइतबार July 20, 2025

इलाममा पुनः मतगणना र निर्वाचनको माग राख्दै सर्वोच्चमा रिट निवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इलाममा पुन मतगणना र पुन निर्वाचनको माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले इलाम–१ को निर्वाचन बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दिनुभएको छ। उहाँ क्षेत्र न १ बाट गत चुनावमा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएको थियो । उक्त निर्वाचनमा खनाललाई पराजित गर्दै नेकपा एमालेका महेश बस्नेत निर्वाचित हुनुभएको थियो । बस्नेत २५ हजार ७५३ मत सहित निर्वाचित हुँदा खनालले २३ हजार ८९ मत पाउनुभएको थियो ।

धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै खनालले निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी फेरि मतदान हुनुपर्ने उनको माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको निवेदनमा उहाँले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि संघीय संसद् सचिवालयलाई समेत विपक्षी बनाउनुभएको छ ।

इलाम २ मा पुन मतगणनाको माग राख्दै प्रतिनिधि सभा सदस्यका प्रत्याशी डम्बर खडकाले सर्वोच्चमा रिट निवेदन दिनुभएको छ ।

मतगणनाको क्रममा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताइएको भन्दै नेपाली कांग्रेसका प्रत्याशी खड्काले पुन मतगणनाको माग राखेर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको हो । खड्काले निर्वाचित घोषणा बदर र पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दिनुभएको हो । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाउनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया