श्रावण ४, २०८२ आइतबार July 20, 2025

रेशम चौधरीको रिहाइको माग गर्दै प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भएको छ ।

नागरिक उन्मुक्ति पार्टीले शुक्रबार चौधरीको रिहाइको माग गर्दै प्रदर्शन गरेको हो । चौधरीसहितलाई आममाफी दिने उद्देश्यले सरकारकाले राष्ट्रपतिसमक्ष मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्न पेस गरेको छ ।

गत सोमबार सरकारले अध्यादेश पेस गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले भने जारी गरेकी छैनन् । उक्त अध्यादेश जारी गराउन दबाब स्वरुप नागरिक उन्मुक्ति पार्टीले काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘हाम्रो देश राम्रो अध्यादेश’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया