श्रावण ४, २०८२ आइतबार July 20, 2025

संसदमा प्रभावकारी भूमिका खेल्न नवनिर्वाचित सांसदहरूलाई प्रधानमन्त्री देउवाको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा प्रभावकारी भूमिका खेल्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेसबाट निर्वाचित सांसदहरूको स्वागत तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले सांसदहरूलाई प्रतिनिधि सभामा प्रभावकारी भूमिका खेल्न निर्देशन दिनुहुँदै आगामी सरकार गठनका विषयमा छलफल गर्नुभयो ।

छलफलमा नेपाली काँग्रेस निर्वाचनबाट पहिलो पार्टी बनेकाले अब गठबन्धन दलहरुबीच समन्वय र सहकार्य गरेर काँग्रेसकै नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने आफूहरूले धारणा राखेको सांसदहरुले बताउनुभएको छ ।

छलफलमा सांसदहरुले काँग्रेसको नेतृत्वमा सरकार अहिलेको जनादेश भएकाले गठबन्धनलाई कायम राख्दै गठबन्धनमा सामेल हुन चाहने अन्य दललाई पनि साथमा लिएर सरकार गठन गर्नुपर्ने धारणा आएको नेपाली काँग्रेसले जनाएको छ ।

छलफलपछि सञ्चारकर्मीहरुसंग कुरा गर्नुहुँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ठुलो दलका हैसियतले काँग्रेसले नै प्रधानमन्त्रीको पद लिनुपर्ने भए पनि अन्य पद बाँडफाँड गठबन्धन दलहरुबीच तालमेल गरेरै अगाडि बढ्नुपर्ने र त्यस विषयमा सत्ता गठबन्धन दलहरूको बैठकले निर्णय लिने बताउनुभयो ।

जनताको जनादेश काँग्रेसकै नेतृत्वमा आगामी सरकार गठन हुनुपर्ने देखिएकाले गठबन्धन दलहरुबीच सहमति भई काँग्रेसकै नेतृत्वमा आगामी सरकार गठन हुने बैठकपछि नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

गठबन्धनको नेतृत्व गरेर निर्वाचनमा होमिएको काँग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३२ गरी जम्मा ८९ सिटसहित पहिलो दल बनेपछि आगामी सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ भने गठबन्धनको दोस्रो ठुलो घटक नेकपा माओवादी केन्द्रले आलोपालो सहमतिमा पहिला पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने अडान लिँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार