श्रावण ४, २०८२ आइतबार July 20, 2025

लमही-घोराही-तुलसीपुर चार लेन सडक छिटो बनाउन नेकपाकाे माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिस्ट पार्टी दाङले लमही–घोराही–तुलसीपुर चार लेन सडक निर्माण छिटो गर्न माग गरेको छ । यो सडक निर्माण अविलम्ब नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

नेकपा दाङका सेक्रेटरी जनक सीले प्रेस विज्ञप्ति जारी गर्दै लमही–घोराही–तुलसीपुर चार लेन सडक निर्माणमा लापरबाही भएको बताए ।  विज्ञाप्तीमा उनले निर्माणमा ढिलासुस्ती गरे चरणबद्ध आन्दोलन र संघर्षमा जाने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘लमही–घोराही–तुलसीपुर फोर लाइन सडक निर्माणमा भइरहेको लापरबाही र ढिलासुस्तीका कारण हजारौं जनताले दुःख पाउनुका साथै सडकको धुँलोले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।

सम्बन्धित सरोकारवाला निकायको लापरबाहीको कारण जनतालाई पर्न गएको असरप्रति नेपाल कम्युनिस्ट पार्टी दाङको ध्यानाकर्षण भएको छ । समबन्धित परियोजना, निर्माण व्यवसायी, सरकारी निकाय यस विषयमा जिम्मेवारीपूर्ण रुपमा सडक निर्माणमा लागुन् ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया