श्रावण ४, २०८२ आइतबार July 20, 2025

देउवाले भेटे माधव नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवालाई भेटेर प्रधानमन्त्रीमा दाबी गरेपछि देउवाले नेपालसँग छलफल गरेका हुन्। ‘प्रधानमन्त्रीजीले माधव कुमार नेपालजीसँग भेटवार्ता गर्नुभयो। मूलतः सत्ता समीकरण र सरकार गठन प्रक्रियाका बारेमा उहाँहरूबीच छलफल भयो,’ बालुवाटार स्रोतले बताएको छ ।

एकीकृत समाजवादीको दस सिटसहित आफूसँग ६० बढी सिट रहेको प्रचण्डको दाबी छ। सोही सिट संख्याका आधारमा प्रचण्डले सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी पेस गरिरहेका छन्। यही विषयमा ‘क्लियर’ हुन देउवाले नेपालसँग भेटवार्ता गरेको बालुवाटार स्रोतको भनाइ छ।

बालुवाटारमै शनिबार दिउँसो भएको चियापान कार्यक्रममा कांग्रेसका नवनिर्वाचित सांसदहरूले सकारको नेतृत्व पहिले कांग्रेसले पाउनुपर्ने दबाब दिएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया