श्रावण ४, २०८२ आइतबार July 20, 2025

माधव नेपाल भेट्न आलोकनगर पुगे महन्त ठाकुर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । आज अपरान्ह अध्यक्ष ठाकुर नेपाल नेतृत्वको पार्टी कार्यालय, आलोकनगरमा पुगेर भेटवार्ता गरेका हुन् ।

निर्वाचनपछि यी दुई नेताको पहिलो एक्लाएक्लै भेटवार्ता हो । पछिल्लो समय नयाँ सरकार गठनको गृहकार्य चलिरहेको बेलामा नेताहरुको दौडधुप बढेको छ । ठाकुरअघि नेपालसँग राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले भेटवार्ता गरेका थिए ।

हिजोमात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा पनि सरकार गठन र शक्ति बाँडफाँडबारे कुराकानी भएको बताईएको छ ।

यद्धपी देउवाले आफू दलको नेताको निर्वाचनको तयारीमा जुटेकोले अहिले छलफल नगर्ने जवाफ दिएका थिए । कांग्रेसले यसै साता दलको नेताको निर्वाचन गर्ने तयारी गरेको छ । त्यसपछि सरकार गठनको लागि उसले पहलकदमी लिने बुझिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार