काठमाडौं: नेकपा एमालेका महासचिव शंकर पोखरेलले चौतर्फी घेराबन्दी र आक्रमणबीच एमाले जनताको पहिलो पार्टीका रूपमा स्थापित भएको बताएका छन्।
आइतबार एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पोखरेलले समानुपातिकतर्फ कांग्रेसको तुलनामा एमालेले धेरै मत पाएको बताए।
एमाले धेरै जिल्लामा क्लीन स्वीप गर्ने पार्टी बनेको पोखरेलको तर्क छ। अहिलेको निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकाविरुद्ध घेराबन्दी गरिएपनि अत्यधिक मत ल्याएर म्यान अफ दी इलेक्सन बनेको जिकिर गरे। चौतर्फी घेराबन्दीका बाबजुद एमालेले लोकप्रिय मत पाएकाले राष्ट्रको नेतृत्व गर्न सक्षम रहेको पोखरेलको दाबी छ।
महासचिव पोखरेलले आफ्नो पार्टीलाई सरकार गठनको जनादेश प्राप्त नभएकाले पर्ख र हेरको पक्षमा रहेको उल्लेख गरे।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया