श्रावण ४, २०८२ आइतबार July 20, 2025

सातै प्रदेशमा सरकार बनाउन प्रदेश समितिलाई जिम्मा दिने कांग्रेसको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया सुरु गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही सदस्य छन् । समितिले अब दलको नेता छान्न निर्वाचनको मिति तोक्नेछ ।

बैठकमा चाँडै संसदीय दलको नेताको चुनाव गर्नेबारे छलफल भएको छ। यसअघि कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस संसदीय दलको नेताको चुनाव आगामी बुधबार हुने बताएका थिए ।

यस्तै, कांग्रेसले प्रदेश सरकारका विषयमा आवश्यकता रणनीति बनाउन तथा अन्य दलहरूसँग वार्ता गर्न प्रदेश समितिलाई अधिकार दिएको छ । कार्यसम्पादन समितिको बैठकले प्रदेश समितिलाई यस्तो अधिकार प्रत्यायोजन गरेको बैठकपछि पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

प्रदेश संसदीय दल र प्रदेशमा सरकार बनाउने विषयमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा अन्य दलहरूसँग छलफल गर्न निर्देशन दिएको उनले बताए । केन्द्रको यो निर्णयसँगै अब कांग्रेस प्रदेश कार्यसमितिहरूले आ आफ्नो प्रदेशमा संसदीय दलको नेता चयन र सरकार बनाउन बाटो खुला भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार