काठमाण्डौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सरकार वाम लोकतान्त्रिक गठबन्धनकै हुने गरी छलफल भइरहेको जानकारी दिनुभएको छ ।
प्रेस सेन्टर, नेपाल चितवनको आयोजनामा सोमबार भरतपुरमा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले शक्ति बाँडफाँट गरेर गठबन्धनको सरकार अघि बढ्ने बताउनुभयो ।
“राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख लगायतका पदहरुमा सहमति खोज्नु छ । शक्ति बाँडफाँटमा अहिले छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “राष्ट्रपतिले दिएको सीमा भित्रै नयाँ सरकार बनाएर बढ्ने छाैँ ।”
अहिलेसम्म गठबन्धन दलबीच व्यक्ति केन्द्रित छलफल नभएको उहाँले दाबी गर्नुभयाे ।
नेकपा (एमाले)सँग मिलेर सरकार बनाउने कुरा बाहिर आए जस्तो कुनै सत्यता नभएको उहाँले स्पष्ट पार्नुहुँदै भन्नुभयो, “बाहिर आएजस्तै औपचारिक र आधिकारिक रुपमा कुराकानी भएको छैन । सरकार गठबन्धनबारेमा एमालेलगायतका दलहरुसँग छलफल भइरहेकै छ । कांग्रेस र एमालेबीच पनि कुराकानी भइरहेकै छ । स्वतन्त्र पार्टीसँग पनि मेरो कुरा भइरहेकै छ ।”
कतिपय व्यक्तिहरुले स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा आएको उहाँले बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया