श्रावण ६, २०८२ मंगलबार July 22, 2025

गण्डकी कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे दोब्बर बढी मतले विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । कांग्रेस संसदीय दलको कार्यालय नदीपुरमा भएको मतदानमा भोजराज अर्याललाई १० मतले हराउँदै सुरेन्द्र निर्वाचित भएका छन् ।

पाण्डेले १८ मत पाउँदा अर्यालले ८ मत ल्याएका छन् । पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने अर्याल शेखर कोइराला पक्षका हुन् । गण्डकी प्रदेशसभामा कांग्रेसका २७ जना सांसद छन् । १ मत बदर भएको छ ।

दलको नेतामा ४ जना आकांक्षी थिए ।, गोरखा २ (२) बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २ (१)बाट निर्वाचित अर्यालले मनोनयन दर्ता गरेका थिए । पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा. टकराज गुरुङ, अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थक पार्वती तामाङ थिए ।

चुनावमा तत्कालीन गठबन्धन दलबीत तालमेल हुँदा माओवादी केन्द्रका अध्यक्ष चितवनबाट गोरखा २ मा पुगेपछि पोण्डेले सोही क्षेत्रको प्रदेशमा उम्मेदर बनेका थिए । प्रचण्ड नपुग्दासम्म उनी प्रचण्डको स्थान अर्थात प्रतिनिधिसभा उम्मेदवार पक्का थिए । तर प्रचण्डले पार्टी सभापति शेरबहादुर देउवालाई दबाबमा पारी प्रतिनिधिसभाका लागि आफूले स्थान सुरक्षित गरे । र, पोण्डेलाई गण्डीको मुख्यमन्त्री बनाउने आश्वसन समेत दिए । पाण्डे प्रदेशमा झर्न तयार भए । तर हालैमात्र केन्द्रमा भएको प्रचण्डको एमाले प्रेमले मुख्यमन्त्री बन्ने उनको सपना समाप्तप्रायः भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार