श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कांग्रेस मधेस प्रदेश संसदीय दलकाे नेतामा कृष्णप्रसाद यादव निर्वाचित

सर्वसम्मत दलकाे नेता छान्ने सहमति नभएपछि चुनावबाट निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेस मधेस प्रदेशको संसदीय दलको नेतामा पार्टीका प्रदेश सभापति कृष्णप्रसाद यादव निर्वाचित हुनुभएको छ । संसदीय दलको नेताका लागि बिहीवार भएको चुनावमा यादव १८ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी रामसरोज यादवले चार मत प्राप्त गर्नुभएको छ ।

संस्थापन पक्षका तर्फबाट उम्मेदवार बन्नुभएका यादव रौतहट निर्वाचन क्षेत्र नंं १ (ख) बाट प्रदेश सभामा निर्वाचित हुनुभएको हाे । यस्तै रामसराेज यादव धनुषा निर्वाचन क्षेत्र नंं ३ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।

मधेश प्रदेशमा नेपाली कांग्रेसका २२ जना सदस्य छन् । कांग्रेस यहाँ दोस्रो ठूलो दलको रूपमा रहेको छ । यसअघि पार्टीको मधेस प्रदेश सभापतिको चुनावमा पनि कृष्णकुमार यादवले रामसरोज यादवलाई पराजित गर्नुभएकाे थियाे ।

कांग्रेसले संसदीय दलकाे नेता छान्नका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको थियाे । सर्वसम्मत दलकाे नेता छान्ने सहमति नभएपछि चुनावबाट निर्णय भएको पार्टीका प्रदेश उपसभापति एवम् निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिनुभयाे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार