श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कांग्रेस प्रदेश एक संसदीय दलको नेतामा उद्धव थापा विजयी

देउवा–सिटौला समूहका उद्धव थापा निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेस प्रदेश नम्बर–१ को संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । पार्टीका प्रदेश–१ सभापति समेत रहेका थापाले अन्य दुइ उम्मेदवारलाई हराउँदै निर्वाचित भएको निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीले जानकारी दिए ।

थापाले १८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका केदार कार्कीले नौ र पार्टीका केन्द्रीय सदस्य समेत रहेका अमृत अर्यालले दुई मत ल्याएका छन् । प्रदेश–१ प्रदेशसभामा कांग्रेसका २९ सदस्य छन् ।

संसदीय दलको नेतामा विजयी भएपछि थापाले कांग्रेसमा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने परम्परा रहेको र अब आफू सदनमा दह्रो विपक्षी भएर अगाडि बढ्ने बताए । प्रदेश एकमा एमाले नेतृत्वमा सत्ता गठबन्धनको सरकार बनाउने तयारी भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार