श्रावण ६, २०८२ मंगलबार July 22, 2025

मुख्यमन्त्रीमा आश नभए पनि धमाधम प्रदेशमा दलको नेता चुन्दै कांग्रेस

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दलको नेता चयन गर्न सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नयाँ सत्तागठबन्धनका कारण नेपाली कांग्रेस केन्द्रसहित आठवटै सरकारबाट बाहिर बस्नुपर्ने अवस्थामा आइपुगेको छ । पार्टी नेतृत्वले समयमै निर्णय नगरेकाले हातमै आएको सत्ता गुमाउन पुगेको हो ।

अहिलेकै सत्तागठबन्धन कायम रहेमा कांग्रेस आगामी पाँच वर्षसम्म प्रतिपक्षमै सीमित हुने निश्चित छ । तर प्रतिपक्षमा बस्नुपरे पनि कांग्रेसले सर्वसम्मत र निर्वाचनका माध्यमबाट प्रदेश संसदीय दलको नेता चयनलाई तीव्र पारेको छ ।

अहिलेसम्म कांग्रेसले पाँचवटा प्रदेशमा दलको नेता चयन गरिसकेको छ । जसमध्ये कर्णालीमा जीवनबहादुर शाही सर्वसम्मत भए भने चारवटा प्रदेशमा निर्वाचनको माध्यमबाट दलको नेता चयन भएका छन् । कांग्रेसमा प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा निर्वाचनको माध्यमबाट दलको नेता चयन भएका हुन् । अब लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दलको नेता चयन हुन बाँकी छ ।

मुख्यमन्त्रीमा आश नभए पनि धमाधम प्रदेश दलको नेता चुन्दै कांग्रेस – Dcnepal

अहिलेसम्म चयन भएका सबै प्रदेश संसदीय दलका नेता सभापति शेरबहादुर देउवा निकट रहेका छन् । प्रदेश १ मा उद्धव थापा, मधेस प्रदेशमा कृष्णप्रसाद यादव, बागमतीमा बहादुर सिंह लामा, गण्डकीमा सुरेन्द्रराज पाण्डे र कर्णालीमा जीवनबहादुर शाही पाँचैजना देउवा पक्षका हुन् । यदि कांग्रेस, माओवादी, एकीकृत समाजवादी गठबन्धन हुन्थ्यो भने उनीमध्ये धेरै मुख्यमन्त्री बन्ने निश्चित थियो ।

प्रदेश १ मा थापाले अमृत अर्याल र केदार कार्कीलाई पराजित गरेका हुन् । मधेसमा कृष्ण यादवले रामसरोज यादव, बागमतीमा बहादुरसिंहले इन्द्र बानियाँ, गण्डकीमा पाण्डेले भोजराज अर्याललाई पराजित गरेका हुन् ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने कांग्रेसले दलको नेता चयन गर्न सकेको छैन । अन्य प्रदेशमा प्रदेश सभा बैठक आह्वान गरिसकेकाले पनि चाँडै दलको नेता चयन गरिएको हो । लुम्बिनी र सुदूरपश्चिममा अझै बैठक आह्वान गरिएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार