वैशाख १३, २०८१ बिहिबार April 25, 2024

सेयर बजार ०.४१ अंकले घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सेयर बजार बिहीबार घटेको लागेको छ । नेप्से परिसूचकमा ०.४१ अंकले ओरालो लागेर २१८३.२१ विन्दुमा आएर रोकिएको छ ।

बिहीबार २५४ कम्पनीको कारोबार भएको छ । ७७ लाख ६४ हजार १५३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोडभन्दा बढी रकमको कारोबार भएको छ ।

समृद्ध फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ साथै, रिडी पावरको ८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

लुम्बीनी जनरल बिमा, आदर्श लघुवित्त बित्तीय संस्था र बराही हाइड्रोपावरको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।  कुल १०१ कम्पनीमा उकलो लागेको छ भने १०७ कम्पनीमा ओरालो लागेको छ । साथै ५ कम्पनी भने स्थिर रहेको छ ।

आज १३ उपसूचकहरु ६ बाहेक सबै कम्पनीमा उकालो लागेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया