असार २१, २०८२ शनिबार July 5, 2025

सिँचाइको विद्युत महसुल गाउँपालिकाले तिर्ने

एउटा मात्र मुख्य मिटर जडान गरी सिँचाइ प्रयोजनका लागि प्रयोग हुने सम्पूर्ण विद्युत् महसुल गाउँपालिकाले बेहोर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुपन्देहीको एउटा गाउँपालिकाले कृषि मिटर जडान गरी विद्युत्को महसुल तिरिदिने निर्णय गरेको छ। जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा रहेको कोटहीमाई गाउँपालिकाले सिँचाइ समस्या समाधानका लागी सो निर्णय गरेको जनाएको छ।

एउटा मात्र मुख्य मिटर जडान गरी सिँचाइ प्रयोजनका लागि प्रयोग हुने सम्पूर्ण विद्युत् महसुल गाउँपालिकाले बेहोर्ने प्रतिबद्धतासहित विद्युतीय पूर्वाधार निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रसँग गाउँपालिकाले माग गरेको छ। अधिकांश कृषियोग्य भूमिमा समस्या भइरहेको भन्दै सम्पूर्ण वडामा एकसय केभिएको ट्रान्सफर्मर तथा विद्युतीय लाइन विस्तार गर्न आग्रह गर्दै सिँचाइ प्रयोजनमा खपत हुने महसुल गाउँपालिकाले बुझाउने प्रतिबद्धता पत्रमा उल्लेख छ।

कृषि क्षेत्र वृद्धि, विस्तार र सुधार ल्याउन तथा किसानलाई सिँचाइमा सहजीकरणका लागि लाग्ने सम्पूर्ण विद्युतीय महसुल गाउँपालिकाले नै तिर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए। कृषि क्षेत्रको वृद्धि–विकासका लागि सिँचाइ कार्यमा प्रयोग हुने सम्पूर्ण विद्युतीय महसुल गाउँपालिकाले नै तिर्ने निर्णय लुम्बिनी प्रदेशमै पहिलो हो।

गाउँपालिका अध्यक्ष त्रिपाठीले भने, ‘सिँचाइलाई प्रयोग हुने विद्युत् महसुल गाउँपालिकाले तिर्ने निर्णय भए पनि विद्युत्को दुरुपयोग हुने सम्भावना रहेकाले त्यसलाई रोक्न गाँउपालिकाले प्रभावकारी संयन्त्रको व्यवस्था गर्नेछ।’ माघ ११ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकामा स्वीकृत भएका योजनामध्ये डिप ट्युवबेल, बोरिङ तथा ह्याण्ड पम्प जडान कार्यमा संलग्नबमोजिम तथा एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि २०७९ समेत स्वीकृत गर्ने निर्णय गरेको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार