कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

किसानका उत्पादन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः किसान पाइप प्रोडक्स प्रालिले आफना उत्पादन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म पुग्न सफल भएका बताएका छन् । शनिबार राजधानीमा भाएको १३औं साधारणसभाका सभापति एवम् कम्पनीका अध्यक्ष विष्णुप्रसाद पाण्डेले लामो समयदेखि निर्माण क्षेत्रमा व्यवसाय गर्दै आएको हुनाले आफनो कम्पनीले गुणस्तरीय निर्माण सामाग्रीमात्रै उत्पादन गर्ने गरेको र यही कारण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सामानको माग उच्च रहेको दावी गरे । यही कारणले व्यापार व्यवसाय राम्रो रुपमा चलिरहेको उनले सुनाए ।

‘हामी मूल्यमा होइन, गुणस्तरमा केन्द्रित छौं’, उनले भने । आजको दिनसम्म आइपुग्दा घर, उद्योग, हाउजिङ, कर्मसिएल बिल्डिङलगायत सम्पूर्ण क्षेत्रमा प्रयोग हुने पाइप र फिटिंग्स दिन सफल भएको उनको भनाइ छ । ‘हामी गुणस्तरमा विशेष फोकस गरिरहेका छौं । हाम्रो उद्देश्य ग्राहकलाई क्वालिटी प्रोडक्ट दिनु हो, उनले थपे ।

१२ वर्ष अगाडि नवलपरासीको वर्दघाटमा ट्यांकी फ्याक्टी र पाइप उत्पादनबाट सुरु गरेको यो कम्पनीले अहिले फिटिंग युपीभीसी, एचडीभी, पीभीसी रातो माल्डो ट्यांक, व्लो ट्यांक, बोरिङ्ग पाइपलगायतमा विस्तार भएको छ ।

कम्पनीका म्यानेजिंग डाइरेक्टर अजय पाण्डेले कम्पनीले जापनिज ब्राण्डसँंग टाईअप गरेर अगाडि वढेको जानकारी गराए । उनले यही कारण उल्लेखनीय प्रगति भएको खुशी पनि साटे ।

कम्पनीका निर्देशक भीम पौडेलले अहिलेको नाजुक अवस्थामा पनि कम्पनीको गुणस्तरीय उत्पादन गरेर राम्रो बजार भएको बताए । यही कारण कम्पनीमा थप पुँंजी लगानी गरी देशकै नमूना उद्योग बनाउनुपर्नमा उनलले जोड दिए ।

कम्पनीका निर्देशक शिव मानन्धरले आफू निर्माण सामाग्री विक्रेता पनि भएकोले कुन प्रोडक्ट गुणस्तरीय छ र कुन गुणस्तरीय छैन राम्रो ज्ञान भएको र गुणस्तीय उत्पादनकै कारण  आफूले किसान प्रोडक्ट विक्री गर्दै आएको जनाए । उपभोक्ताले अत्यन्त गुणस्तरको कारणले यसका उत्पादनहरु मन पराएको उनको अनुभव छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
२०८३ कार्तिक २७, शुक्रबार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार
विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुस प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह
२०८३ कार्तिक २७, शुक्रबार
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै
२०८३ कार्तिक २७, शुक्रबार
आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न
२०८३ कार्तिक २७, शुक्रबार