कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

कैलाश मानसरोबर दूरदर्शनका लागि १६ गते माउन्टेन फ्लाइट

पश्चिम नेपालका पर्यटकीय महत्वपूर्ण गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्ट हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः कैलाश मानसरोबरको दूरदर्शनका लागि माघ १६ गते पहिलो पटक नेपालगञ्जबाट माउन्टेन फ्लाइट हुने भएको छ।

नेपालगञ्जमा आइतबारदेखि हुन थालेको वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स मिसनको अवसरमा चीनमा रहेको कैलाश मानसरोबरको दूरदर्शनका लागि माउन्टेन फ्लाइट हुन थालेको हो।

पश्चिम नेपालका पर्यटकीय महत्वपूर्ण गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्ट हुँदै आएको छ।

मार्ट आयोजक समितिका संयोजक तथा नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलका अनुसार, नौ जना भारतीय पत्रकारसहितको टोलीले बुद्ध एयरको जहाजबाट मुगुको राराताल, हुम्ला लिमी उपत्यका हुँदै नेपाली आकाशबाटै कैलाश मानसरोबरको दर्शन गर्नेछन्। त्यसका लागि बुद्ध एयरसँग सम्झौता गरिसकिएको छ।

माघ १५ देखि १७ गतेसम्म नेपालगञ्जमा हुने मार्टमा पर्यटन व्यवसायीको व्यवसायिक विकास, विस्तारका विषयमा छलफल हुने आयोजकले बताएका छन्। शनिबार पत्रकार सम्मेलन गरेर यो बारेमा जानकारी दिइएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
२०८३ कार्तिक २७, शुक्रबार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार
विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुस प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह
२०८३ कार्तिक २७, शुक्रबार
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै
२०८३ कार्तिक २७, शुक्रबार
आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न
२०८३ कार्तिक २७, शुक्रबार