कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सिटिजन लाइफ र नेको इन्स्योरेन्सको साधारण सभा आज हुँदै

माघ २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग क्लिन र प्रस्तावित लाभांश पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र नेको इन्स्योरेन्स कम्पनीको साधारण सभा आज आइतबार माघ १५ गते हुँदैछ । सिटिजन लाइफले पाँचौ वार्षिक साधारणसभा पुस १७ गते आइताबर बसेको सञ्चालक समितिको बैठकले आज आइतबार माघ १५ गते गर्दैछ ।

कम्पनीले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारिने गर्नेछ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सा हिसाब, आय व्यय हिसाव, इक्वुटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगक प्रवाह विवरण र सो साग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

कम्पनीले प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । कम्पनीले यस अगाडी नै प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रक्रिया अगाडी बढाए पनि नेपाल धितोपत्र बोर्डले ग्रिन सिग्नल नदिए पछि कम्पनी पछाडि हटेको थियो ।

नेपाल बीमा प्राधिकरणले यहि चैत मसान्त भित्र न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिइसकेको छ । सोहि निर्देशन अनुरुप कम्पनीले विद्यमान संस्थापन शेयरधनीहरु सँग ५० प्रतिशत थप पूँजी आह्वान गरेर २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीले न्युनतम पनि सर्वसाधारणका लागि एक अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ आइपिओ निष्काशन गर्नु पर्नेछ । यदि १०० रुपैयाँ मात्रै प्रिमियममा आइपिओ निष्काशन गर्यो भने कम्पनीले सर्वसाधारण शेयरधनीबाट एक अर्ब १२ करोड ५० लाख रुपैयाँ संकलन गर्नेछ । यस्तो अवस्थामा कम्पनीले मर्जर नगरी बोनस शेयर दिएरै चुक्त पूँजी जुटाउन सक्नेछ ।

त्यसैगरी नेको इन्स्योरेन्सले आफ्नो २७औं वार्षिक साधारण सभा आज माघ १५ गते गर्दैछ । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा नक्साल स्थित लिसारा रिसेप्सनमा गर्ने जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७९ प्रतिशत नगद लाभांश गरि कुल १५ दशमलव ७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नु हुने आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७८/७२ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनी ऐनको दफा १११ बमोजिम आर्थिक वर्ष २०७९ /२०८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, बोनश शेयर जारी गर्दा आउने खण्डित शेयरलाई पछि मिलान गर्ने गरी कम्पनीको हिसावमा राख्ने, निम्न विषयका सम्बन्धमा प्रवन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले कम्पनीको अधिकृत पूँजी बृद्धि गर्ने सम्बन्धमा, जारी गरिने बोनश शेयरको हदसम्म जारी पूँजी तथा चूक्ता पूँजी बृद्धि गर्ने, शेयर संरचना अनुसार संचालक समितिमा प्रतिनिधित्व गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ३ गते बुक क्लोज गरेको थियो । माघ २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग क्लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
२०८३ कार्तिक २७, शुक्रबार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार
विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुस प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह
२०८३ कार्तिक २७, शुक्रबार
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै
२०८३ कार्तिक २७, शुक्रबार
आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न
२०८३ कार्तिक २७, शुक्रबार