असोज १७, २०८३ शनिबार October 3, 2026

ललितपुरमा विदेशी ब्राण्डको नक्कली मदिरा बनाउने कारखाना भेटियो, तीन जना पक्राउ

दोलखाको कालीञ्चोकका निरज पौडेलसहित तीन जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः ललितपुरमा बिदेशी ब्राण्डको नक्कली मदिरा बनाउने कारखाना फेला परेको छ ।

प्रहरीले नक्कली मदिरा बनाउने कार्य र कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।  प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्नलाई पक्राउ गरेको हो ।

यस्तै सो कम्पनीमा नेपाली मदिराको ब्राण्ड पनि नक्कली बनाउने गरेको पाइएको हो । विशेष सूचनाका आधारमा उपत्यका प्रहरी कार्यालयको टोलीले दोलखाको कालीञ्चोकका निरज पौडेलसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एक जना सञ्चालक र दुई जना विक्रेता भएको प्रहरीले जनाएको छ ।  नक्कली मदिरा कुपण्डोल, नयाँ बसपार्कलगायतका क्षेत्रबाट विक्री हुने गरेको खुलेको प्रहरीले जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार
‘सांस्कृतिक राजा’को अवधारणासहित माओवादीले राजासँग सहकार्य खोजेको थियो : कमल थापा
२०८३ असोज १७, शनिबार
एसियाली खेलकुद : श्रीलंकाले जित्यो क्रिकेटमा कास्य पदक
२०८३ असोज १७, शनिबार
विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो हुँदै
२०८३ असोज १७, शनिबार
प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल
२०८३ असोज १७, शनिबार
कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो
२०८३ असोज १७, शनिबार
बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत
२०८३ असोज १७, शनिबार