चैत्र १९, २०७९ आइतबार April 2, 2023

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

पेरिसडाँडामा बस्ने पदाधिकारी बैठकमा गृह मन्त्रालयबारे छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने पदाधिकारी बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ ।

यसअघि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भए पनि रवि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेसँगै रिक्त भएको थियो । नागरिकता अवैध भएसँगै लामिछानेले उपप्रधान एवं गृह मन्त्रालयको जिम्मेवारी गुमाउनुभएको थियो ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पुनः नेपाली नागरिकता लिएसँगै पार्टीले पुनः गृहमन्त्रीको दाबी गरेको छ । माओवादीले पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको पार्टी सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया