वैशाख १३, २०८१ बिहिबार April 25, 2024

आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुला

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताकोसम्म आवेदन दिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सोमबारदेखि आइपीओ बिक्री खुला गरेको छ ।

लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५% ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १०% अर्थात् २० हजार ३३८ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका लागि बिक्री खुला गरेको छ ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताकोसम्म आवेदन दिन सक्नेछन् । यसमा फागुन १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणहरुका लागी भने फागुन ११ गतेदेखि आईपीओ जारी गर्नेछ । सर्वसाधारणका लागि कम्पनीले १ लाख ६९ हजार ७५५ कित्ता सेयर खुला गर्नेछ । सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यस कम्पनीको आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तलको आईपीओलाई ‘केयरएनपी बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । कम्पनीको केन्द्रीय कार्यालय लुम्बिनी प्रदेशको घोराही दाङमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया