श्रावण १, २०८२ बिहिबार July 17, 2025

कक्षा १२ को आवेदन फाराम खुल्यो – फाराम बुझाउने म्याद माघ मसान्तसम्म

रजिष्ट्रेशन नम्बरका सुरुका दुई अंक ७२, ७३, ७४ र ७५ भएका परीक्षार्थीहरूका लागि अन्तिम एक पटकका लागि मौका दिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि परीक्षा आवेदन फाराम खुला गरेको छ । २०८० सालको परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि कक्षा १२ को नियमित, ग्रेड वृद्धि र आंशिक तथा कक्षा ११ का आंशिक र ग्रेड वृद्धिको परीक्षा आवेदन फाराम खुला गरेको हो ।

आवेदन फाराम बुझाउने मिति यही माघ मसान्तसम्म तोकिएको छ । विलम्ब शुल्क तिरेर फागुन १५ गतेसम्म फाराम भर्न सकिने बोर्डले जनाएको छ । आवेदन फाराम शुल्क ६ सय रुपैयाँ तोकिएको छ ।

रजिष्ट्रेशन नम्बरका सुरुका दुई अंक ७२, ७३, ७४ र ७५ भएका परीक्षार्थीहरूका लागि अन्तिम एक पटकका लागि मौका दिइने भएको छ । सम्बन्धित विद्यालयहरूले विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैंक भौचर डिजिटल भुक्तानी गरेको अवस्थामा सोको प्रमाणसहित फागुन २१ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फारम बुझाउन अनुरोध गरिएको छ ।

कक्षा १२ को नियमित परीक्षार्थीको रूपमा आवेदन फाराम भर्ने विद्यार्थीहरूको हकमा २०७९ सालमा विद्यालय मार्फत लिइएको कक्षा ११ को सम्पूर्ण विषयमा सैद्धान्तिकतर्फ न्यूनतम डी एवं आन्तरिक मूल्याङ्कनतर्फ सी ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया