काठमाडौंः नेपाली सेना कृषि बिज्ञान संस्थान लमजुङ मा B.Sc.Ag. विद्यार्थी भर्नाका लागि आवेदन खुलेको छ। शिक्षा महाशाखा सैनिक कल्याणकारी निर्देशनालय जंगी अड्डाद्वारा जारी सुचना अनुसार शैक्षिकसत्र २०७९/८० को दोस्रो ब्याच B.Sc.Ag. (४ बर्ष) कार्यक्रमका लागि भर्ना आवेदन खुलेको हो।
त्रिभुवन बिश्वबिद्धालय कृषी र पशु बिज्ञान अध्यायन संस्थान किर्तिपुरको २०७९ सालको प्रवेश परिक्षामा उतिर्ण भइ मेरिट लिस्टमा समावेश भएको शैनिक सन्ततिबाट भर्ना लिइने भएकोले इच्छुक विद्यार्थीले मिति २०७९ माघ २२ देखि फागुन ९ गते सम्म आवेदन दिन सक्नेछन्।
विद्यार्थीले नेपाली सेना कृषि बिज्ञान संस्थान लमजुङ वा शिक्षा महाशाखा सैनिक कल्याणकारी निर्देशनालय जंगी अड्डा काठमाडौमा भर्नाका लागि आवेदन दिन सक्ने छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया