माघ १६, २०८२ शुक्रबार January 30, 2026

पूर्व सैनिक शासक मुसर्रफको पार्थिव शरीर पाकिस्तान ल्याइने

पाकिस्तानका निर्वासित पूर्व सैनिक शासक परवेज मुसर्रफको शव सोमबार स्वदेश ल्याएर अन्त्येष्टि गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानका निर्वासित पूर्व सैनिक शासक परवेज मुसर्रफको शव सोमबार स्वदेश ल्याइने भएको छ ।

सन् २०१६ मा स्वास्थ्य समस्या देखिएपछि पाकिस्तानबाट दुबई पुगी निर्वासनमा रहँदै आउनुभएका मुसर्रफको ७९ वर्षको उमेरमा दुबईमा निधन भएको थियो ।

पाकिस्तानी वरिष्ठ अधिकारीहरुले उहाँको शव सोमबार स्वदेश फर्काइने र अन्त्येष्टि गरिने बताएका छन् ।

मुसर्रफले सन् १९९९ मा रक्तपातरहित ’कू’ गरेर सत्ता कब्जा गर्नुभएको थियो । संयुक्त राज्य अमेरिकामा सेप्टेम्बर ११ को हमला हुँदा उहाँ पाकिस्तानको सेना प्रमुख, प्रमुख कार्यकारी र राष्ट्रपतिको रूपमा काम गरिरहनुभएको थियो ।

जनरलले दुई पटक पाकिस्तानी संविधान निलम्बन गरेका,े जनमत संग्रहमा धाँधली गरेको र आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको थियो ।

साथै उनको लगभग नौ वर्षको शासनकालमा विपक्षीहरूलाई गोलमा हालेर अधिकारको व्यापक उल्लङ्घन गरेको आरोप पनि लगाइने गरेको छ ।

ब्रुकिङ्स इन्स्टिच्युसनकी विश्लेषक मदिहा अफजलले एएफपीसँग भन्नुभयो, “अन्ततः उहाँले पाकिस्तानीहरूमा प्रत्यक्ष सैन्य शासनको गहिरो अरुचि साथ बहिर्गमन गर्नुभएको थियो ।

पाकिस्तानी सेनाले उहाँबाट सिक्दै अहिले पर्दा पछाडि धेरै शक्ति प्रयोग गरेपनि यो फेरि प्रत्यक्ष रूपमा सत्तामा रहन चाहँदैन ।

उहाँको कार्यकालमा पाकिस्तानलाई विदेशी सहायताको ठूलो प्रवाह भएको थियो र यसले अर्थव्यवस्थालाई बलियो बनाएको थियो ।

मुसर्रफ ‘एमाइलोइडोसिस’ नामक दुर्लभ रोगबाट पीडित हुनुहुन्थ्यो । गत ग्रीष्मऋतुमा उहाँको परिवारले उहाँलाई निको हुने कुनै सम्भावना नरहेको बताएको थियो ।

सेनाको सञ्चार शाखाले आइतबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा जनरल परवेज मुसर्रफको निधन भएको र वरिष्ठ सैन्य प्रमुखहरूले समवेदना व्यक्त गरेका सूचना सार्वजनिक भएको थियो । रासस/ सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
व्यास नगरपालिकाको अल्ट्रा म्याराथनमा नेपाली सेनाको वर्चस्व, करन रावल प्रथम
२०८२ माघ १६, शुक्रबार
सहिदको सपना र बलिदानको रक्षा नै आजको मुख्य दायित्व : नैनसिंह महर
२०८२ माघ १६, शुक्रबार
अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
२०८२ माघ १६, शुक्रबार
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छ: रास्वपा
२०८२ माघ १६, शुक्रबार
सर्लाहीमा ४ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
२०८२ माघ १६, शुक्रबार
आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता
२०८२ माघ १६, शुक्रबार
युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन
२०८२ माघ १६, शुक्रबार