श्रावण १, २०८२ बिहिबार July 17, 2025

लमजुङका ९ विद्यालयलाई ई-लर्निङ डिभाइस वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विद्यालयस्तरमा शिक्षण सिकाईलाई प्रभावकारी बनाउन लमजुङका ९ बटा विद्यालयलाई  ई-लर्निङ बक्स वितरण गरिएको छ ।

रोटरी साक्षरता परियोजना २०२३ अन्र्तगत लमजुङका नौ वटा विद्यालयलाई ई-लर्निङ बक्स (लुमा डिभाइस) वितरण गरिएको हो ।

अमेरिकन रोटरी क्लव हुड साइड पोथला भ्याली र द रोज फाउन्डेशनको आर्थिक सहयोगमा जिल्लाका नौ सरकारी विद्यालयलाई लुमा डिभाइस वितरण गरिएको हो । बेसिशहर नगरपालिकाका नगर प्रमुख गुमान सिहं अर्यालले सम्बन्धित् विद्यालयका शिक्षकहरुलाई हस्तान्तरण गरे ।

रोटरी क्लब अफ पोखराको समन्वय तथा लुमा र शैक्षिक स्रोत तथा विकास केन्द्रको संयुक्त आयोजनामा शिक्षक तथा विद्यार्थीलाई प्रशिक्षण सहित ई-लर्निङ बक्स वितरण गरिएको हो ।

ई-लर्निङ बक्स (लुमा डिभाइस) को प्रयोग तथा यसबाट कसरी अध्ययन र अध्यापन गराउने भन्ने विषयमा शिक्षक तथा विद्यार्थीलाई प्रशिक्षण दिएर मात्र सामग्री उपलब्ध गराइएको शैक्षिक स्रोत तथा विकास केन्द्रका महासचिव विश्वेश्र कट्टेलले बताए ।

रोटरीको साक्षरता परियोजना अन्र्तगत यसअघि कास्कीका ११ ओटा, गोरखाका ११ ओटा विद्यालय, तनहुँ, बाग्लुङ र पर्वतको एक/एक वटा विद्यालयको लागि एक/ एक वटा ई–लर्निङ बक्स वितरण गरिएको रोटरी क्लवका पुर्व डिष्ट्रिक गर्भनर किरण श्रेष्ठले बताए  ।

कार्यक्रममा लुमा सस्थाका समन्वय प्रमुख नन्दलाल भण्डारीले गण्डकी प्रदेशमा ३५ वटा विद्यालयमा उक्त कार्यक्रम संचालन भएको भन्दै नेपाल अधिराज्यमा विकट ठाउँमा बसोवास गर्दै आएका र पाठ्यपुस्तकको पहुँच नपुगेका बालबालिकालको स्तर एउटै गर्ने उक्त कार्यक्रमको उद्देश्य रहेको बताए ।

शिक्षालाई प्रविधिमैत्री बनाउने एउटा उपकरण लुमा डिभाइस हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया