असार २२, २०८२ आइतबार July 6, 2025

प्रहरी चौकीअगाडि कुटीकुटी वृद्धको हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः महोत्तरीमा प्रहरी चौकीअगाडिकै चोकमा विवादपछि कुटपिट हुँदा एक वृद्धको मृत्यु भएको छ।

जिल्लाको जलेश्वर नगरपालिका- ५ पर्सा पतैलीचोकमा सोही ठाउँनिवासी ७५ वर्षीय हरिदेव राउतलाई उनकै नातामा काका पर्ने ६८ वर्षीय सुरेन्द्र राउतले कुटपिट गर्दा मृत्यु भएको हो।

दुई वर्ष पहिलेदेखि जग्गासम्बन्धी विवाद थियो। त्यही विवादले अचानक झगडाको रूप लियो। दुईजना बीचको विवाद बढ्दै जाँदा सुरेन्द्रले हरिदेवमाथि कुटपिट सुरु गरे। उनको कुटपिटबाट सुरेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सबै घटनाक्रम प्रहरी चौकीअगाडि नै भएकोले प्रहरीले स्थिति नियन्त्रण लिन पहल नगरेको भन्दै स्थानीयले चौकीअगाडि धर्ना दिएका थिए। यता जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट गएको प्रहरी टोलीले घटना मुचुल्का उठाई शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाएको छ।। कुटपिट गरेर मानिस मारेको आरोपमा प्रहरीले सुरेन्द्रलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तोषकुमार पोखरेलले घटनाको अनुसन्धान भइरहेको छ। उनको अनुसार प्रहरी चौकीअगाडि भएको घटनासम्बन्धी अनुसन्धान गर्न चौकीमा कार्यरत सबै प्रहरीलाई जिल्ला तानिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार