काठमाडौंः नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) समानान्तर समूह नेपाल ल क्याम्पस समितिले जनयुद्ध दिवसको अवसर पारेर विभिन्न विषयमा साताव्यापी कार्यक्रम गरिरहेको छ ।
जनयुद्ध दिवसको अवसर पारेर साताव्यापी कार्यक्रमको पहिलो दिन मंगलबार ‘सोसलिज्म इन कलेज’ कार्यक्रमबाट सुरुआत गरिएको थियो । कार्यक्रममा संगठनका केन्द्रीय संयोजक पवन कार्की, केन्द्रीय प्रवक्ता उपदेश यादब, कानून विभाग सचिव आशा उपर्कोटी, केन्द्रीय सदस्य प्रतिक कार्कीलगायतको उपस्थितिमा कार्यक्रम सुरु भएको क्याम्पस समितिका अध्यक्ष विष्णु ढुङ्गेलले बताए ।
समाजवादी व्यवस्थाप्रति लामबद्द हुन आफ्नो हस्ताक्षर र भनाईसहित एक्यवद्धता जनाउन सबै विद्यार्थी, कर्मचारी, विभिन्न पेसामा आबद्ध र सबै सर्वसाधारण जनतालाई आग्रह गरेका छन् । विभिन्न व्यक्तिहरूको भनाइ र हस्ताक्षर भएको भिडिओ र हस्ताक्षरहरू प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई बुझाउने जानकारी केन्द्रीय प्रवक्ता उपदेश यादवले बताए।
समाजवाद स्थापनाका लागि लाखौँ विद्यार्थीहरूलाई समाजवादी अभियन्ताको रुपमा परिचालन गर्न, संविधानमा लेखिएको समाजवाद उन्मुख व्यवस्थालाई कार्यान्वयनमा लैजान र समाजवादी व्यवस्थाको पक्षमा नयाँ पुस्ता कलेज र विश्वविद्यालयका विद्यार्थी तयार रहनु पर्ने तथा स्ववियु निर्वाचनमार्फत समाजवादको पक्षमा संघर्ष गर्ने अखिल (क्रान्तिकारी)ले देशभरका शैक्षिक संस्थाहरुमा समाजवादको लागि अभियान सञ्चालन गर्ने संयोजक पवन कार्कीले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया