वैशाख ८, २०८१ शनिबार April 20, 2024

अवस्थीको मृत्यु शंकास्पद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बैतडीको पाटन नगरपालिका–६ स्थित जवरजल ढ्वानी भिरमा डडेल्धुराका एक युवकको शव १९ माघमा फेला पर्‍याे ।

शव भेटिएपछि लडेर मृत्यु भएको हुनसक्ने आंकलन गरिएको थियो । मृतक डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का २० वर्षीय पदम अवस्थी हुन् ।

मृतकको खल्तीमा प्रहरीलाई दिन तयार पारिएको निवेदन र १० हजार रकमको चेक भेटिएकाले घटना शंकास्पद देखिन्छ । चेक २३ गतेका लागि काटिएको खुलेको छ भने निवेदनमा उल्लेख भएको कुराबारे प्रहरीले केही बताएको छैन ।

शव फेला परेको एक हप्ता हुन लागेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । मृतकको सम्पर्कमा आएका व्यक्तिहरुलाई सोधपुछको काम भइरहेको प्रहरीको भनाइ छ । अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा भने नलिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

उनले भने, ‘मृतक पाटन पुगेको दिनदेखि उनको सम्पर्कमा आएका सबैसँग सोधपुछ गरिरहेका छौँ, उनको साथमा भेटिएका केही तथ्य र प्रमाणबारे पनि सुक्ष्म अनुसन्धान भइरहेको छ ।’ पोष्टमार्टम रिर्पाेट प्राप्त भएको र रिर्पाेटको आधारमा अनुसन्धान अघि बढाएको पनि उनले बताए ।

मृतक पाटनस्थित एक होटलमा काम गरेका व्यक्ति हुन् । मृतकका आफन्तका अनुसार उनी १७ माघमा नै आफूले काम गरेको होटलबाट पारिश्रमिक लिन भनी बैतडी आएका थिए ।

घटना रहस्यमय देखिएकाले निष्पक्ष छानबिन हुनुपर्ने आफन्तको माग रहेको छ । पदमको लडेर मृत्यु भएको नभई कसैले हत्या गरेर फालेको आफन्तको दावी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चैतसम्ममा ४ खर्ब ८० अर्ब वैदेशिक लगानी प्रतिबद्धता
२०८१ वैशाख ८, शनिबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
२०८१ वैशाख ८, शनिबार
नागेल्सम्यान २०२६ को विश्वकपसम्म जर्मनीको प्रशिक्षक रहने
२०८१ वैशाख ८, शनिबार
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
२०८१ वैशाख ७, शुक्रबार
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम गरे : काँग्रेस
२०८१ वैशाख ७, शुक्रबार
काठमाण्डौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?
२०८१ वैशाख ७, शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान
२०८१ वैशाख ७, शुक्रबार