श्रावण १, २०८२ बिहिबार July 17, 2025

एसईई परीक्षा चैत २१ गते नहुने

यस बर्षको एसईई परीक्षा चैत १७ देखि २९ सम्म सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कठिन भनिएका विषयको परीक्षा हुने भन्दा अघिल्लो दिन परीक्षा सञ्चालन नगर्ने गरी तालिका सार्वजनिक गरेको जनाएको छ ।

विगातका वर्षहरुमा त्यसो नगरीएपनि यो वर्षबाट कठिन भनिएका विषयको परीक्षा हुने भन्दा अघिल्लो दिन परीक्षा सञ्चालन नगर्ने गरी तालिका सार्वजनिक गरेएको जनाएको हो ।

कठिन भनिएका विषयहरुमा विद्यार्थीले तयारी गर्नका लागि परीक्षा तालिका निकाल्दा मिलाईएको परीक्षा नियन्त्रक विष्णु नारायण श्रेष्ठले बताए । उनले चैत १७ देखि २९ सम्म सञ्चालन हुने परीक्षामा १८ गते शनिबार भएकोले १९ गते गणित विषयको परीक्षा राखिएको र २२ गते विज्ञान विषयको लागि २१ गते कुनै पनि परीक्षा नराखिएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया