श्रावण १, २०८२ बिहिबार July 17, 2025

विद्यालय स्तरीय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि बसहीयालाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनकपुरधामको रंगभूमि मैदानमा सम्पन्न १६ वर्ष मुनिको अन्तर विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि धनुषाको सामुदायिक विद्यालय गोगल प्रसाद माध्यमिक विद्यालय बसहीयाले जितेको छ ।

फाइनल खेलमा गोगलप्रसाद नमूना माध्यमिक विद्यालय बसहीयाले संस्थागत विद्यालय जनकपुर पब्लिक स्कुललाई ६ विकेटले पराजित गरेको हो ।

१०७ रनको लक्ष्य पाएको गोगलप्रसाद नमूना माध्यमिक विद्यालयले ११ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । गोगलप्रसादको तर्फबाट विमलेश सहनीले १० बलमा अविजित २३ रनको पारी खेले भने सुरज साहले १६ बलमा २३ रन बनाएका थिए ।

जनकपुर पब्लिक स्कुलको तर्फबाट इंग्लेस यादव र लक्ष्मी ठाकुरले समान २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको जनकपुर पब्लिक स्कुलका इंग्लेस यादवले १९ बलमा १९ रन र विकास मण्डलले १६ बलमा १६ रनको बनाएका थिए ।

बलिङमा गोगलप्रसाद माध्यमिक विद्यालयका तर्फबाट सुरज साहले १ ओभरमा ७ रन दिएर २ विकेट र सर्वजित चौधरीले ४ ओभरमा १६ रन दिएर २ विकेट लिए थिए । कुल १२ टिम सहभागी रहेको यस प्रतियोगितामा ११ वटा निजी विद्यालय र एउटा सामुदायिक विद्यालयको सहभागिता थियो ।

गोगलका सुरज साहलाई म्यान अफ द म्याचको उपाधि दिइएको छ । प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरेका मुकेश यादवलाई बेस्ट ब्याट्सम्यानको उपाधि दिइएको छ । उनले प्रतियोगिता अवधिमा १३१ रन बनाएका थिए ।

यस्तै, ११ विकेट लिएका इंग्लेस यादवलाई वेस्ट बलर, सोहेल राइनलाई म्यान अफ द सिरिज, बेस्ट फिल्डर इंग्लेस यादव र इमर्जिङ्ग प्लेयरको उपाधि आदर्श झालाई दिइएको हरि स्पोर्ट जोनका प्रमुख एवं राष्ट्रिय क्रिकेट खेलाडी हरिशंकर साहले जानकारी दिनुभयो ।

विजयी टिम तथा खेलाडीहरूलाई जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले शिल्ड, कप तथा प्रमाणपत्र वितरण गर्दै खेलकुदको विकासका लागि जनकपुरधाम उपमहानगरपालिका सबै प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया