काठमाण्डौः प्रधानमन्त्री तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी शैक्षिक सत्रका पाठ्यपुस्तक वैशाख दुई गते विद्यार्थीको हातमा पुर्याउन मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिएका छन् ।
आज मन्त्रालयका सचिव, सहसचिव, विभागीय प्रमुख लगायतको छलफलमा प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालले छलफलमा शिक्षा सम्बन्धी समस्याको पहिचान गरी समाधान गर्न समेत पदाधिकारीलाई निदर्वेशन दिएका छन् ।
निर्देशन दिँदै नो अब्जेक्सन लेटर विवतरण देखिएको झन्झटलाई कम गर्नु पर्ने निर्देशन दिएका छन् । ‘पाठ्यपुस्तक समयमा विद्यार्थीको हातमा वैशाख दुई गते पुग्नै पर्यो, नो अब्जेक्सन लेटर वितरणमा देखिएको झन्झट कम गर्न लाग्नु पर्यो ।’ निर्देशन दिँदै प्रधानमन्त्री दाहालले भने, ‘त्रिभुवन विश्वविद्यालयमा देखिएको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनमा भएको ढिलाइ अन्त्य गर्न आजैबाट लाग्नु पर्यो ।’
उनले छलफलका क्रममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा देखिएको समस्या पहिचान गरी आगामी वर्ष प्रभावकारी रुपमा कार्यान्वयन गर्न के गर्नु पर्छ भन्ने विषयमा कर्मचरीको राय समेत मागेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया