श्रावण १२, २०८१ शनिबार July 27, 2024

आठ इन्टरनेट कम्पनी कारबाहीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेपाल दूरसञ्चार प्राधिकरणले एकै पटक आठवटा इन्टरनेट कम्पनी र एउटा दूरसञ्चार कम्पनीलाई कारबाही गरेको छ। इन्टरनेट सेवाको सम्पूर्ण प्याकेजको महसुल दर स्वीकृत नगराई बिक्री गरेको पाइएकाले कारबाही गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार महसुलदर स्वीकृत नगराउने वल्र्डलिङ्क कम्युनिकेसन, भायानेट कम्युनिकेसन, सुबिसु केबल नेट, क्लासिकटेक, वेबसर्फर नेपाल, सीजी कम्युनिकेसन, डिस होम मिडिया नेटवर्क र वाइफाई नेपाल प्रालिलाई कारबाही गरिएको हो। यी कम्पनीलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७(२) बमोजिम एक लाख रुपियाँ जरिवाना गरिएको छ।

यसबाहेक प्राधिकरणले आफ्नो निर्देशनविपरीत विभिन्न किसिमका चाडपर्वमा प्रवद्र्धन तथा बन्डलिङ गरी सेवा सञ्चालन गरेको देखिएकाले तीनवटा सेवाप्रदायकलाई थप कारबाही गरेको छ। कारबाही पर्नेमा वल्र्डलिङ्क कम्युनिकेसन्स, भायानेट कम्युनिकेसन र सुबिसु केबल नेट रहेका छन्। यी कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना गरिएको छ। यस्तै प्राधिकरणले नेपाल टेलिकमलाई पनि कारबाही गरेको छ। प्राधिकरणको निर्देशनविपरीत भास सेवा स्वतः नवीकरण गरेको भन्दै ५० हजार रुपियाँ जरिवाना गरेको छ।   गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार