कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

साल्ट ट्रेडिङ्गको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

फागुन २५ गते (आज )सम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको लाभांस सुरक्षित गर्ने आज (बिहिबार) अन्तिम मौका रहेको छ।

कम्पनीको  फागुन १४ गते आईतबार बसेको सचालक समिती बैठकले कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २६ गतेदेखि चैत्र १० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन २५ गते (आज )सम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

साधारणसभा चैत्र १० गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमौडौमा दिनको १२ः१५ बजेदेखि सुरु हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया