काठमाण्डौः सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओमा १.८६ गुणा बढी आवेदन परेको छ ।
कम्पनीले गत शुक्रबार रु.१०० रुपैयाँ अङ्कित कूल ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता साधारण सेयर जारी गरेको थियो । यसको दोस्रो दिन नै ६६ हजार १०० आवेदकले ७९ लाख २३ हजार १०० कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको हो ।
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित मध्य तमोर जलविद्युत आयोजना (७३ मेगावाट) को निर्माण अवधिको ब्याज सहित (आईडीसी) प्रति मेगावाट लागत १८ करोड २६ लाख २ हजार ७४० रुपैयाँसहित १३ अर्ब ३३ करोड रुपैयाँ अनुमान गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया