काठमाण्डौंः सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको हो।
नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल सगरमाथा इन्स्यारेन्सका अध्यक्ष रामकृष्ण मानन्धर र लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मूलले पानसमा दीप प्रज्वलन गरी एकीकृत कारोबारको उद्घाटन गरेका छन्।
कम्पनी गाभिएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको संस्थागत लोगो समेत सार्वजनिक गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया