असार २९, २०८२ आइतबार July 13, 2025

राष्ट्रियसभा शून्य समय : छुवाछूत र विभेद अन्त्य गर्न माग

त्रिविमा देखिएको बेथितिलाई अन्त्य गर्न तत्काल स्पष्ट सुधारको कार्यतालिका ल्याउन सरकारको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभाको आजको बैठकमा सांसदले मुलुकको समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा उनीहरुले समाजमा छोरी असुरक्षित रहेको र मानव तस्करको कब्जामा परिरहेकाले अपराधीलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।

सांसद अनिता देवकोटाले छोरीहरू समाजमा असुरक्षित रहेको, उनीहरूको जीवन जोखिममा परेको र मुलुक मानव तस्करको केन्द्र बन्दै गएकामा चिन्ता व्यक्त गर्दै यसतर्फ सरकारको ध्यान जाओस् भनिन् ।

सांसद कुमार दसौदीले  आफूलाई राष्ट्रिय सभा सदस्यमा निर्वाचित गराएकामा लुम्बिनी प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई धन्यवाद दिए ।

सांसद खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको बेथितिलाई अन्त्य गर्न तत्काल स्पष्ट सुधारको कार्यतालिका ल्याउन सरकारको ध्यानाकर्षण गराए । उनले कास्कीको फेवाताल वरपर भइरहेको मानव अतिक्रमण र डोजरको प्रयोग तत्काल रोक्न माग गरे ।

सांसद दिलकुमारी रावल थापाले स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिन र स्वास्थ्य क्षेत्रमा रणनीतिक योजना बनाएर लागू गर्न, सुर्तीजन्य पदार्थको बिक्री वितरणमा समेत नियन्त्रण गर्नुपर्नेमा जोड दिइन् । सांसद नन्द चपाईले मुलुकभित्र नागरिकता र सुकुम्बासीको समस्या विकराल रहेको समस्या समाधानका लागि आग्रह गरिन् ।

सांसद प्रकाश पन्थले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा रामचन्द्र पौडेलले र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएकोमा धन्यवाद दिए ।

सांसद विमला राई पौड्यालले नागरिकको स्वतन्त्रतापूर्वक बोल्न पाउने हक तथा अधिकार विपरीत प्रहरीले गतिविधि गरेको जनाउँदै किन त्यसो भएको हो गृह मन्त्रालयले उचित जवाफ दिन माग गरिन्  ।

सांसद सिंहबहादुर विश्वकर्माले सिराहाको एक स्थानीय तहका प्रमुखले दलित समुदायमाथि छुवाछूत र विभेद गरेको भन्ने घटनाप्रति दुःख व्यक्त गर्दै कानुनअनुसार कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार