श्रावण २, २०८२ शुक्रबार July 18, 2025

शिक्षकले जाँड-रक्सी खाए/नखाएकाे परीक्षण गर्न उपकरण किन्दै हलेसी तुवाचुङ

‘कतिपय स्वास्थ्य संस्था र वडा कार्यालयका कर्मचारीसमेत जाँड–रक्सी खाएर कार्यालयमा अनियमित हुने गरेका गुनासो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हलेसी तुवाचुङ नगरपालिकाले जाँडी–रक्सी खाए/नखाएको परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ । नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक दिनहुँ जाँड–रक्सी खाएर कक्षामा पुग्ने गरेको गुनासो आएकाले नगरपालिकाको ९८ औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात वटा ब्रेथलाइजर उपकरण खरिद गर्ने निर्णय गरिएको हो ।

मापसे परीक्षण गर्ने छ उपकरण नगरपालिकाभित्रका छ वटा प्रहरी चौकी र एउटा नगर अस्पतालमा राखेर प्रयोगमा ल्याउने निर्णय गरिएको हलेसी तुवाचुङकी मेयर विमला राईले बताउनुभयो । ‘विगतका वर्षमा वार्षिक परीक्षाका लागि खटाइएका शिक्षकले नै जाँड–रक्सी खाएर प्रश्नपत्र सिरानी लगाएर सुतेको घटना छन्’, उहाँले भन्नुभयो, ‘कतिपय स्वास्थ्य संस्था र वडा कार्यालयका कर्मचारीसमेत जाँड–रक्सी खाएर कार्यालयमा अनियमित हुने गरेका गुनासो छ, यी सबै गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले मापसे परीक्षण गर्ने ब्रेथलाइजर खरिद गर्ने निर्णय गरिएको हो ।’

जाँड–रक्सी खाएर सार्वजनिकस्थलमा हुने झैझगडामा संलग्नको जाँचमा समेत उपकरणलाई उपयोगमा ल्याउने तयारी छ ।

ब्रेथलाइजरकाे अभावमा अहिलेसम्म स्वास्थ्य संस्थादेखि इलाका प्रहरी कार्यालय हलेसीमा समेत मुख सुँघेर जाँच गर्नुपर्ने बाध्यता अन्त्यका लागि पनि उपकरण खरिद गर्ने निर्णय गरिएको जनाइएको छ । मध्यपहाडी लोकमार्गले छोएको नगरपालिकामा चालकले जाँड–रक्सी खाए/नखाएकाे पत्ता लगाउनसमेत उपकरण सहयोगी हुने नगरपालिकाले जनाएको छ ।

आवश्यक परेको समयमा जाँड–रक्सी खाने सबैको जाँच गर्न उपकरणको प्रयोग गरिने मेयर राईले बताउनुभयो । विशेषगरी शिक्षकलाई लक्षित गरेर ब्रेथलाइजर ल्याउने निर्णय गरिएको हो । १० वटा पालिका रहेको खोटाङमा अहिलेसम्म जाँड–रक्सी खाए/नखाएकाे परीक्षण गर्ने डिजिटल उपकरण छैन ।

ट्राफिक प्रहरी कार्यालयमा कसैले जाँड–रक्सी खाए/नखाएकाे परीक्षण गर्न कम्तीमा पाँच/सात मिनेट लाग्ने पुरानो प्रविधिको उपकरणमात्र रहेको ट्राफिक प्रहरी प्रमुख हिमालय पौडेलले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार