कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सानिमा र रिलायन्सको एकीकृत कारोबार सुरु

मर्जरपश्चात् नयाँ र सिर्जनशील प्रडक्ट ल्याएर उत्कृष्ट सेवाबाट सर्वोत्कृष्ट बन्ने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका सानिमा लाइफ र रिलायन्स लाइफले बिहीबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।

एकीकृत कारोबार सुरु गर्न आयोजित समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मर्जरले बीमा कम्पनीको पुँजीसँगै क्षमता पनि बढ्दै गएको भन्दै कम्पनी हरेक विषयमा अनुसन्धान गर्न सक्ने भएको बताउनुभयो ।

बीमा कम्पनीले मर्जरपछि धेरै कुरामा खर्च बचाउन सक्ने हुँदा सिनर्जी आउने भन्दै अध्यक्ष सिलवालले कम्पनीले खर्च कटौती गर्दै ग्राहकलाई लगाउँदै आएको चार्ज पनि घटाउनुपर्नेमा जोड दिनुभयो । मर्जरपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरिएको हो ।

दुवै इन्स्योरेन्स १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । एकीकृत बनेको कम्पनीको चुक्ता पुँजी चार अर्ब १८ करोड रुपियाँ पुगेको छ । मर्जरअघि सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी दुई अर्ब रुपियाँ र रिलायन्स इन्स्योरेन्सको चुक्ता पुँजी दुई अर्ब १० करोड रुपियाँ थियो ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका अध्यक्ष ताराचन्द्र केडियाले मर्जरपश्चात् नयाँ र सिर्जनशील प्रडक्ट ल्याएर उत्कृष्ट सेवाबाट सर्वोत्कृष्ट बन्ने लक्ष्यसहित अगाडि बढेको बताउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया