वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

भूगोल इनर्जीले चैत २३ गतेदेखि आईपीओ निष्कासन गर्ने

आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने गयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरी सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको ३० प्रतिशतले हुन आउने १६ लाख ३२ हजार १६० कित्ता सेयर आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने गयारी गरेको थियो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा ८५ हजार २० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा एक लाख आठ हजार ८११ कित्ता सेयर बाँडफाँट गरिएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि ७१ हजार ९१६ कित्ता सेयर सुरक्षित गरी बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

यो आईपीओ खरिदका लागि न्यूनतम १० देखि ३० हजार कित्तासम्म माग गर्न सकिनेछ । यो आईपीओमा चैत २७ गतेसम्म आवेदन दिन सकिनेछ । मागबमोजिम आवेदन नपरेमा आगामी वैशाख ७ गतेसम्म विक्री खुला रहने कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया