असार २९, २०८२ आइतबार July 13, 2025

राष्ट्रिय सभा बैठकमा प्रतिवेदन पेस

राष्ट्रिय मानवअधिकार आयोगलगायत विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकार आयोगलगायत विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् । सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ती प्रतिवेदन सभा समक्ष पेस गर्नुभएको हो ।

पेस गरिएका प्रतिवेदनमा थारु आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८र७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८र७९, राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७८र७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन, २०७८र७९ छन् ।

मर्यादा विधेयक विधायन समितिमा

राष्ट्रिय सभाको आजको बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

सांसद डा बेदुराम भुसालले‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो । राष्ट्रियसभाको अर्को बैठक यही चैत २१ गते मङ्गलबार १० बजे बस्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार