वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो

युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७० पैसा कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । शुक्रबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ ।

यसअघि लगातार तीनदिनदेखि घटेको अमेरिकी डलरको भाउ बिहीबार भने २४ पैसाले बढेको थियो । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैसा कायम गरिएको छ । यसअघि बिहीबर पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरो भने उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७० पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ३८ पैसाले बढेको हो । बुधबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ६७ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ३२ पैसा कायम गरिएको थियो। सोहि दिन ७० पैसाले युरोको भाउ बढेको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर शुक्रबार १६२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६३ रुपैयाँ १२ पैसा तोकिएको छ। यो मूल्य बिहीबरको तुलनामा १६ पैसाले बढेको हो । बिहीबार यसको खरिदमूल्य १६२ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ ९६ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ दुइ पैसा र बिक्रीदर ३५ रुपैयाँ १८ पैसा तोकिएको छ ।

यसैगरी शुक्रबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ६४ पैसा र बिक्रीमा ४३० रुपैयाँ ५९ पैसा पाइन्छ भने शुक्रबार बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५० रुपैयाँ २० पैसा तोकिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया