असार ३, २०८१ सोमबार June 17, 2024

चट्याङ लागेर एक महिलाको ज्यान गयो

वर्षासँगै परेको चट्याङ लागेर १३ बर्षीय युवती घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ओखलढुङ्गामा शुक्रबार दिउँसो वर्षासँगै परेको चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । चम्पादेवि गाउँपालिका –६ भदौरेकी २० वर्षीया शर्मिला कार्कीको चट्याङ लागेर ज्यान गएको हो ।

खेतमा गहुँ काटिरहेको समयमा वर्षासँगै आएको चट्याङ लाग्दा कार्की र सोही ठाउँकी वर्ष १३ की अरुण कार्की घाइते हुनुभएको थियो । प्राथमिक स्वास्थ्य चौकी रानीवनमा उपचारको क्रममा कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

घाइते अरुण कार्कीको उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक दासले बताउनुभयो । प्रहरी चौकी चुप्लु घोराखोरीको प्रहरी टोलीबाट घटनास्थलमा पुगी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया