वैशाख ८, २०८१ शनिबार April 20, 2024

अर्थमन्त्री डा. महतको पहिलो निर्णय : नगद प्रवाह समिति गठनसम्बन्धी फाइलमा हस्ताक्षर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले नगद प्रवाह योजना तर्जुमा समिति गठन गर्ने निर्णय गरेका छन् ।अर्थमन्त्री महतले पहिलो निर्णयका रुपमा उक्त समिति गठनसम्बन्धी फाइलमा हस्ताक्षर गरेका हुन् ।

उनले सरकारको नगद प्रवाहअनुसार हरेक महिना कति आम्दानी भयो ? कति खर्च भयो ? त्यसको स्टेटमेन्ट तयार गर्नुपर्ने बताए । उनले यसमै आधारित रहेर समिति गठन गर्ने निर्णय गरेका हुन् ।

को हुन् डा. प्रकाशरण महत : 

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत प्रतिनिधि सभामा समानुपातिक तर्फबाट निर्वाचित हुनुभएको हाे । २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्र मोर्चामा रहेर काम गर्नुभएका डा. महतले २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका खेल्नुभएको थियो। त्यसबेला उहाँ नेपाल विद्यार्थी संघको महामन्त्री हुनुहुन्थ्यो।

नेपाली कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा. महतले एक्सन कमिटीमा रहेर समेत काम गर्नुभएको थियो। २०५५-०५६ देखि कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका पाउनुभएका डा. महत २०५९ देखि निरन्तर कांग्रेसको केन्द्रीय सदस्य रही आउनुभएको छ। उहाँले २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र २०७९ को मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको संयोजकको भूमिका सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया