श्रावण १२, २०८१ शनिबार July 27, 2024

एमालेले चितवन–२ मा न्यौपाने र तनहुँ–१ मा खनाललाई उम्मेदवार बनाउने

बारा–२ मा उम्मेदवारको टुङ्गो भोलि लगाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमाले सचिवालयको आज बसेको बैठकले चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।

नेकपा एमालेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले चितवन–२ मा रामप्रसाद न्यौपाने र तनहुँ–१ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको बताउनुभयो ।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले बारा–२ मा उम्मेदवारको टुङ्गो भोलि लगाइने र मिटर व्याज पीडितहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

तनहुँ–१ बाट उम्मेदवार बन्न लाग्नुभएका खनाल पूर्व प्रहरी महानिरीक्षक हुनुहुन्थ्यो भने चितवन–२ बाट उम्मेदवार बन्न लाग्नुभएको न्यौपाने एमाले चितवन जिल्ला कमिटी अध्यक्ष हुनुहुन्छ ।

बैठकले अप्रिल २२ मा पार्टीको ७५औँ वार्षिकोत्सवको अवसरमा वार्षिक कार्य योजना बनाएर एक वर्षभित्र सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गर्नका लागि पार्टीका नेता तथा कार्यकर्ताहरूको राय सुझाव सङ्कलन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार