काठमाडौंः प्रतिनिधिसभाको नयाँ नियमावली पारित भएसँगै प्रतिनिधिसभाको २१ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन भएको छ ।
समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र विभिन्न दल र स्वतन्त्र सांसदहरूको प्रतिनिधित्व रहेको छ ।
सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दल र स्वतन्त्र सांसदहरुबीच आज बसेको बैठकमा सहमति भए अनुसार कार्य व्यवस्था परामर्श समिति गठन गरिएको हो ।
समितिमा नेपाली काँग्रेसबाट ६ जना, नेकपा एमालेबाट ५ जना र नेकपा माओवादी केन्द्रबाट २ जना सदस्य रहनुभएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक÷एक सांसद कार्य व्यवस्था परामर्श समितिमा सदस्य रहनुहुनेछ । ती बाहेक एक सिट भएका दल तथा स्वतन्त्र सांसदको तर्फबाट १ जना सदस्य रहनुहुनेछ ।

प्रतिक्रिया