कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ६ लाख ७७ हजार १०५ कित्ता संस्थापक सेयर बिक्रमा ल्याएको हो ।

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् भने बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।

यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज देखि बाट ३५ दिनभित्र निवेदन पेश गर्नु पर्नेछ । बैकका अनुसार उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया