असार २२, २०८२ आइतबार July 6, 2025

महोत्तरीमा बलात्कारका घटना बढ्दै, पारिवारिक सदस्यबाट बालिकाहरू असुरक्षित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ८ मंसिर २०७७ को बिहानै ७ वर्षीया बालिका गुलावसा खातुन घर नजिकै मृत अवस्थामा भेटिइन् । तीन दिनदेखि हराइरहेकी खातुनको बर्दिबास नगरपालिका–१४ को सुभम बस्तीमा मृत अवस्थामा भेटिएपछि निकै खैलाबैला भयो । उनको शवलाई हेर्दा बलात्कारपछि हत्या गरेको धेरैले अनुमान गरे ।

प्रहरीले शंंकाका आधारमा बर्दिबासका अरुण साहलाइ पक्राउ ग¥यो । पक्राउपछि पारम्भिक अनुसन्धानमा नै बालिकालाई बलात्कारपछि हत्या गरेको साहले स्वीकार गरेपछि अहिले जेल जीवन भोगिरहेका छन् । अवोध बालिकालाई बलात्कारपछि हत्या गरेको आक्रोशमा स्थानीयहरूले आन्दोलन गर्दा प्रहरीको गोली लागेर एक जनाको ज्यान समेत गएको थियो । अहिले अरुण साहको घरलाई समेत स्थानीयहरूले नियन्त्रणमा लिएका छन् । घटनालगत्तै आक्रोशित स्थानीयले लगाएको आगोले जलेको धरमा अहिले पनि लेखिएको छ–यो घर अपराधीको घर हो, यसलाइ कसैले किन्ने कोसिस नगर्नुहोला ।’

बालबालिका र अपांग महिलासमेत बलात्कृत भएका छन् । १६ जेठ २०७७ मा आफ्नै घरअगाडि खेलिरहेकी ६ वर्षीय नाबालिकालाई दाजु नाता पर्ने १४ र १२ वर्ष उमरेका दुईजनाले बलात्कार गरेको घटना बाहिरियो । बालिकालाई बाँसको मचानमा बलात्कार गरेको भन्दै पीडित पक्षले दुवैजनाविरुद्ध उजुरी दिए । सोही वर्ष भदौमा रामगोपालपुरमा यस्तै अर्को घटना भयो ।

बोल्न नसक्ने महिला राति शौच गर्न बाहिर निस्केका बेला सामूहिक बलात्कारको शिकार भइन् । उक्त घटनामा सग्लन दुई जनालाई पक्राउ गरेर छानबिन गर्न प्रहरीले महिनौँ लगाएको आरोप लागेको थियो । स्वास्थ्य जाँच र महिलाको अवस्थालाई हेर्दा उनलाई यातना दिएर बलात्कार गरेको प्रहरीले नै निष्कर्ष निकालेको थियो ।
त्यसयता महोत्तरीमा ६० वटा बलात्कार घटना भएका छन् भने पछिल्लो ६ महिनामा २२ वटा बलात्कारका घटना भएका छन् । यसमध्ये नाबालिगमाथि भएका बलात्कारका घटना आधा दर्जन रहेका छन् ।

सार्वजनिक भएका घटनाहरूलाइ आधार मान्ने हो भने बर्दिबास नगरपालिकामा सवैभन्दा बढी बलात्कारका घटनाहरू भएको देखिएको छ । परिवारभित्रका दाइ, काकालगायत परिवारका सदस्यबाटै बलात्कारका प्रयास भएका छन् ।

वर्दिबास क्षेत्रमा नै गत १५ चैैतमा आफ्नै बुबाले १३ वर्षीया छोरीलाई बलात्कार गरेर गर्भवती बनाएको घटना सार्वजनिक भएको थियो ।  आमा नभएको मौका छोपेर छोरीमाथि टक–पटक बलात्कार गरेको र छोरी गर्भवती भएका थाहा पाएपछि बुबा फरार भए ।

शारीरिक र मानसिक तनाव दिएर जेठी छोरीलाइ जबरजस्ती गर्दै आएका बुबालाई प्रहरीले खोजी गरिरहेको छ भने गर्भवती बनेकी बालिकाको थापाथलीस्थित ओसीएमसीमा राखेर स्वास्थ्य उपचार भइरहेको छ । यातनाबाट विक्षिप्त बनेकी बालिकालाई ओसीएमसीमा राखेर स्वास्थ्य उपचारका साथै सामाजिक परामर्श समेत दिइएको छ ।

यस्तै प्रकृतिको अर्को घटना पनि बाहिरिएको छ । घरपरिवारले दिएको उजुरीको आधारमा प्रहरीले बर्दिबास–३ वाट अर्का बुबालाई पक्राउ गरेको छ । गत २३ चैतमा इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरि थप अनुसन्धानलाई अगाडि बढाइरहेको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा आफ्नै छोरीलाई बलात्कार प्रयास गरेको खुल्न आएको छ । पटकपटक बलात्कारको प्रयास गर्न खोजेपछि प्रहरीलाई खबर गरिदिएको छिमेकीहरूले बताए । ‘प्रारम्भिक बयानमा श्रीमती बाहिर निस्केको मौका छोपी वलात्कारको प्रयास गर्ने रहेछ, ’ प्रहरी नायव उपरीक्षक विजय यादवले भने ।

उजुरी दर्ता भएको तर जाहेरी भने अहिलेसम्म आएको छैन । आफ्नै घरमा समेत छोरीहरू कति धेरै असुरक्षित छन् भन्ने विषय पछिल्ला यी घटनाले प्रतिनिधित्व गरेका छन् । यी घटना त १५ दिनको अवधिमा सार्वजनिक भएका प्रतिनिधि मात्र हुन् । पछिल्लो ६ महिनाको अवधिमा मात्र २२ वटा जबरस्ती करणीका घटनाहरू भएको प्रहरीको तथ्यांक छ ।

तथ्यांकअनुसार १६ वर्षभन्दा कम उमेर भएका १० जना बालिकाहरू, १६ देखि २५ वर्षका ७ जना, २५ देखि ३५ वर्षका २ जना र ३६ देखि ४५ वर्षका २ जनामा बलत्कारका घटनाहरू भएका छन ।

पछिल्लो ६ महिनाको अवधिमा सबैभन्दा बढी गौशाला नगरपालिकामा जबरजस्ती करणी र जबरजस्ती करणीको उद्योगका घटनाहरू भएका छन् । गौशाला नगरपालिकामा ५ वटा, जलेश्वर नगरपालिकामा ३, बर्दिबास नगरपालिकामा ३ वटा, सोनामा गाउँपालिकामा ३ वटा, मनरासिस्वामा ३ वटा, पिपरामा २ वटा र सम्सी गाउँपालिकामा १ वटा घटना भएका प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार